Categories मनोरञ्जन

‘पुष्पा २’ को ११ दिनको कमाई ४०० करोड भारू

Advertisement

बिरगंज l अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा २’ले रिलिजको ११ दिनसम्म विश्वव्यापी एक हजार ४०० करोड भारू कमाइसकेको छ। योसँगै फिल्मले धमाधम एकपछि अर्को रेकर्डसमेत बनाइरहेको छ। 

सुकुमार निर्देशित यो फिल्म डिसेम्बर ५ मा विश्वव्यापी प्रदर्शनमा आएको थियो। अहिलेसम्म सर्वाधिक कमाउने सर्वकालीन भारतीय फिल्मको तेस्रो स्थानमा यो फिल्म सूचीकृत भइसकेको छ।

Advertisement

फिल्मले तेलुगु संस्करणमा भन्दा हिन्दीमा राम्रो कमाइ गरिरहेको छ। सोमबार भारतमा मात्र फिल्मले २७.७५ करोड भारू कमायो। यो कलेक्सनमा हिन्दी संस्करणको मात्र २१ करोड भारू छ। तेलुगुले ५.४५ करोड भारू र तमिलले एक करोड भारू कमायो।

Advertisement

१२ दिनसम्म मात्र भारतभर फिल्मले ९२९.९५ करोड भारू कमाएको स्याकनिल्कले जनाएको छ। जसमा हिन्दी संस्करणमा ५७३.१ करोड भारू र तेलुगमा २८७.०७ करोड भारू नेट कलेक्सन भएको छ।

त्यतिमात्र हैन, ‘पुष्पा २’ले शाहरुख खानको सर्वाधिक कमाउने फिल्म ‘जवान’को लाइफ टाइम कमाइको रेकर्डसमेत तोडेको छ। बलिउड हंगामाको रिपोर्ट अनुसार सन् २०२३ मा रिलिज भएको ‘जवान’ले विश्वभर १ हजार १४८ करोड ३२ लाख भारू कलेक्सन गरेको थियो। ‘पुष्पा २’ ले प्रदर्शनको १० औं दिनमा जवानको यो रेकर्ड तोडेको हो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *