Categories खेलकुद

कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य

काठमाडौं l कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेरमा चितवन राइनोजसामू १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रनको योगफल तयार पार्यो । 

Advertisement

कर्णालीका लागि जयकिसन कोल्सावालाले ५३, विल बसिस्टोले ५२, चाडविक वाल्टनले अविजित ४६ र जिसन मक्सुदले १४ रन बनाए ।

Advertisement

चितवनका लागि सोहेल तन्वीरले दुई तथा शरद भेषावकर, कुशल मल्ल र रवि बोपाराले समान एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *