Categories समाचार

भक्तपुरमा एक युवकमाथि आक्रमण, ६ जना पक्राउ

काठमाडौं । भक्तपुरमा एक युवकमाथि टाउकामा इटा प्रहार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भक्तपुरको चाँगुनारायण नगरपालिका-६ खरिपाटीका १८ वर्षीय समिर नेपाली, भक्तपुर कमलपोखरीका १८ वर्षीय आशिख सिजखो, बारा घर भई खरिपाटी बस्ने १८ वर्षीय सुमन तामाङ, सिन्धुली घर भई खरिपाटी बस्ने १८ वर्षीय अशोक तामाङ, काभ्रे घर भएका १६ वर्षका दुई किशोर छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

Advertisement

यो समूहले ३० मंसिरको राति साढे ९ बजेतिर भक्तपुरको कमलपोखरीस्थित पाटीमा बसिरहेका २७ वर्षीय रन्जित कार्कीमाथि कुटपिट गरेको आरोप छ । कुटपिट गर्नुका साथै टाउकामा इँटाले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । पक्राउ परेकाहरुलाई कारबाहीका लागि प्रहरी वृत्त जगाती पठाइएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *