बारा l बारा जिल्लाको प्रसौनी गाउँपालिकाले छनोट गरेको नगर प्रहरीको आधारभूत तालिम बुधबारदेखी सुरु भएको छ l हिजोबाट सुरु भएको १५ दिने तालिम पुष १८ गते सकिने जनाइएको छ ।
इलाका प्रहरी कार्यालय प्रसौनिको समन्वयमा पालिकाले बिभिन्न पदमा २ महिला सहित १० जना नगर प्रहरी छनोट गरेको थियो । कार्यालयकै समन्वयमा उनीहरुलाई तालिम सुरु गरिएको प्रमुख प्रसासकिय अधिकृत सुमित कुमार सिंहले जानकारी गराए ।
नगर प्रहरीले फुटपाथको व्यवस्थापन, ट्राफिक तथा ई–रिक्साको व्यवस्थापन, हाटबजार व्यवस्थापन, अग्नि नियन्त्रण, सरसफाई तथा फोहर व्यवस्थापन, बजार अनुगमन गर्ने र न्यायिक समितिको निर्णय कार्यान्वयनमा सघाउ पुर्याउने गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवालले बताए ।
इलाका प्रहरी कार्यालय प्रसौनि बाराका प्रमुख प्रहरी निरीक्षक सुरेश राज भट्टका अनुसार नगर प्रहरीलाई जनसम्पर्क तथा सूचना संकलन, प्राथमिक उपचार तथा घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणलगायतका विषयमा पनि तालिम दिइने छ ।


