Categories एजेन्सी

नयाँ नाममा आउँदैछ एप्पलको सस्तो आइफोन

Advertisement

काठमाडौं l एप्पलको सस्तो मोडलको आइफोन एसइका विषयमा पछिल्लो समयमा विभिन्न खालका खुलासाजन्य समाचारहरु सार्वजनिक भइरहेका छन् ।

एक नयाँ समाचार अनुसार एप्पलले आफ्नो सस्तो मोडलको आइफोनलाई नयाँ नामबाट लञ्च गर्ने तयारी गरेको छ। जसअनुसार आइफोन एसइ फोरको नाम आइफोन १६ इ हुनेछ र आगामी मार्च महिनासम्ममा यो फोन बजारमा आउने बताइएको छ।

Advertisement

चिनिया सामाजिक सञ्जाल विबोका टिप्स्टर फिक्स्ड फोकस डिजिटलका अनुसार आइफोनको एसइ संस्करणको तुलनामा १६ मोडल निकै फरक हुनेछ।

Advertisement

यसमा नयाँ डिजाइन तथा नयाँ खालको डिस्प्ले रहनेछ जसमा डिस्प्लेको आकार ६.०६ इन्चको हुनेछ। यसअघि यो एसई ४ मोडलमा ४.७ इन्चको एलसिडी स्क्रिन रहेको थियो।

साथै यो फोनमा टच आइडी होम बटनलाई हटाएर फेस आइडीको प्रयोग हुनेछ। समाचार अनुसार यो फोनमा आइफोन १६को आधारभूत मोडेलको जत्रै आकारको स्क्रिन हुनेछ। यसको डिजाइन पनि आइफोन एक्स आर तथा आइफोन १२ कै जस्तो हुनेछ।

आइफोन १६इ मा ए १८ चिपसेट हुनेछ, जसलाई निकै ठूलो परिवर्तन मानिएको छ । यसले यो सस्तो मोडेललाई पनि आइफोन १६ सिरिज जत्तिकै शक्तिशाली बनाउनेछ।
त्यस्तै यो फोनमा र्यामको क्षमतालाई ४ जिबीबाट बढाएर ८ जिबी पूराइएको छ जसले यो फोनलाई मल्टिटास्किंगका लागि सबल बनाएको छ।

साथै यसमा एप्पलको नविनतम एआई तथा मेसिन लर्निंग सुविधा समेत रहेको छ।

यसमा १२८ जिबीको स्टोरेज र ४८ मेगापिक्सेलको मुख्य क्यामरा तथा १२ मेगापिक्सेलको ट्रु डेप्थ सेल्फी क्यामेरा हुने दाबी गरिएको छ। ऐजेन्सी

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *