इटहरी l नेपाल जेसीजको अध्यक्षमा फराकिलो मतान्तरले रजनी थापा निर्वाचित भएकी छन् ।थापाले ७६२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गरे । यसैगरी कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै, उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, सुमित्रा भट्टराई, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।
थापा सन् २०११ मा जेसीजको साधारण सदस्यको रूपमा जेसीज प्रवेश गरेकी उनी सन् २०१२ मा उपाध्यक्ष, सन् २०१३ मा कार्यकारिणी उपाध्यक्ष, सन् २०१४ मा कोषाध्यक्ष, सन् २०१५ मा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष, सन् २०१६ मा तालिम संयोजक, सन् २०१७ मा कार्यक्रम कार्यान्वयन संयोजक, सन् २०१८ मा विजनेश प्रमोशन संयोजक हुँदै सन् २०१९ मा मनहरा जेसीजको अध्यक्ष भइन् ।
उनले सन् २०२१ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष, सन् २०२२ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन् ।‘जेसीजमा हारिदैँन । कि, जितिन्छ, सिकिन्छ,’ उनले भनिन्, ‘मैले जेसीजलाई अब स्थानीय, प्रदेश र संघ सरकारसँग समन्वय गरेर अगाडि बढ्नेछु ।’






