Categories समाचार

वीरगञ्जको एक होटेलभित्र वीरगञ्जकै एक व्‍यक्ति मृत फेला

Advertisement

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नं १७ का ६५ वर्षीय संतसाह तुरहाको शव फेला परेको छ। शव वीरगञ्ज बसपार्क क्षेत्रमा रहेको होटल कैलाशमा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी किशोर लम्सालका अनुसार तुरहा सुतेकै अवस्थामा मृत फेला परेका हुन्। “शवमा कुनै किसिमको चोटपटकको संकेत देखिएको छैन,” डिएसपी लम्सालले जानकारी दिए।

Advertisement

तुरहाको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

यस घटनाले स्थानीयहरूमा चिन्ता र कौतुहलता पैदा गरेको छ। होटलमा कसरी मृत्यु भयो भन्ने विषयमा पोस्टमार्टम रिपोर्टपछि मात्र थप विवरण आउनेछ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *