Categories समाचार

मधेश प्रदेशमा दर्ता भएका सबै सवारीसाधनमा शतप्रतिशत जरिवाना कर छुट

Advertisement

वीरगन्ज l यातायात व्यवस्था कार्यालय वीरगन्जले सबै प्रकारका सवारीसाधन कर र नवीकरण दस्तुर जरिवानामा शतप्रतिशत छुट दिएको छ । कार्यालयले मंगलबार सूचना जारी गर्दै मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१ बमोजिम सवारी कर र नवीकरण दस्तुरको जरीवाना शतप्रतिशत छुट भएको जनाएको हो । 

Advertisement

गत १९ मंसिरमा मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१ बमोजिम जरीवाना छुट गर्न राजपत्रमा प्रकाशित भएको कार्यालयका लेखा अधिकृतले जारी गरेको सुचनामा उल्लेख छ ।  

Advertisement

सुचनाअनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०८१ को दफा ३५ को उपदफा (४) मा व्यवस्था भए बमोजिम यस प्रदेशमा दर्ता भएका सबै प्रकारको सवारीमा शतप्रतिशत छुट गरिएको अवस्था छ ।

Advertisement

हेर्नुहोस् यातायात कार्यालयको सूचना

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *