Categories अर्थ समाचार

सुनको मूल्य प्रतितोला सय रुपैयाँले घट्यो

Advertisement

वीरगञ्ज । नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मङ्गलवार सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

त्यसै गरी आज चाँदी भने ५ रुपैयाँले बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ८ सय ५ रुपैयाँमा  कारोबार भएको थियो । 

Advertisement

आज  प्रति १० ग्राम सुनको मूल्य १ लाख २८ हजार ३ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ४३ रुपैयाँ कायम भएको छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *