Categories समाचार

संघीय मन्त्रीलाई बदानम गर्न खोज्नेलाई कारबाही गर्न माग गर्दै प्रजिअलाई ज्ञापन पत्र

Advertisement

वीरगंज l जनता समाजवादी पार्टीको वीरगंज नगर कार्य समितिले आफ्ना नेता एवं संघीय मन्त्री प्रदीप यादवलाई बदनाम गर्ने नियतले गरिएको दुष्प्रचारको खेद प्रकट गर्दै आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

नगर अध्यक्ष इश्वरचन्द्र यादवको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई भेटेर ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा नेपाल सरकारका खानेपानी मन्त्री एवं पार्टीका उपमहासचिव प्रदीप यादव र पार्टीका कार्यकर्तालाई बदनाम गर्ने नियतले जसपा नेपालका जिल्ला अध्यक्षले पत्रकार सम्मेलनमार्फत मनगढन्ते आरोप लगाएको भन्दै उनलाई कारबाही गर्न माग गरिएको छ ।

Advertisement

जसपा नेपाल पर्साका अध्यक्ष रामनरेस यादवको अभिव्यक्तिले समाजमा भाडभैलो निम्त्याउने र शान्तिसुरक्षामा समेत खलल पुग्ने ज्ञापन पत्रमा उल्लेख छ । त्यसैले यस्ता अनर्गल अभिव्यक्ति दिने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै कारबाही नभए सोही अभिव्यक्तिका कारण निम्तन सक्ने अप्रिय घटनाको जिम्मेवार स्वंय प्रशासन हुने पनि ज्ञापन पत्रमा उल्लेख छ ।

Advertisement

वीरगंजको वडा नं. २२ जगरनाथपुरमा स्थानीय कृषक हरेन्द्र यादवले लगाएको धानबालीमा भएको आगलागीको घटनामा जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेस यादवले संघीय मन्त्री प्रदीप यादवकै संलग्नता रहेको भन्दै आरोप लगाएका थिए । उक्त आरोपलाई जसपा नगर कार्य समितिले भने तथ्य प्रमाण बिनाको मनगढन्ते र प्रायोजित दुष्प्रचार भनेको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आगलागीको घटनाको स्थानीय प्रशासनले छानविन गरिरहेको भन्दै आरोप प्रत्यारोपमा नउत्रिन सबैलाई आग्रह गर्नुभएको छ ।

उहाँले तथ्य प्रमाण विना कसैलाई आरोप लगाउन नहुने भन्दै तथ्य र प्रमाण बिना राखिएका अभिव्यक्ति हितकर नहुने बताउनुभयो ।

ज्ञापन पत्र बुझाउन जनता समाजवादी पार्टीका नेता तबरेज अहमद, जिल्ला समन्वय समितिका सभापति समेत रहेका पार्टीका नेता अजय सर्राफ, भिमा यादव लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *