Categories समाचार

ओलीको गृह जिल्लामा प्रचण्डले गराए ६ सय बढीलाइ माओवादीमा प्रवेश

Advertisement

झापा l विभिन्न पार्टी परित्याग गरी करिब ६ सय जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । गौरीगञ्जमा आयोजित खबरदारी सभालाइ सम्बोधन गर्न पुगेका अध्यक्ष प्रचण्डले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

यसरी बिभन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा अधिकांश राजवंशी समुदायका रहेको उनको सचिवालयले जनाएको छ ।

Advertisement

कार्यक्रमअघि अध्यक्ष प्रचण्डले गौरिगञ्ज–१ मा तिलक राजवंशीको घर पुगेर कोच संस्कृतिअनुसार खाना खाएका थिए । अध्यक्ष प्रचण्डलाई कोच संस्कृतिको भोजन उसिना चामलको भात, कोचहरूको भाषामा भनिने पेलका साग, आलु कोपीको भाजी, अग्र्यानिक माछा, लोकल हाँस, टमाटरको अचार, धनियाको चटनी र पापडलाई कोलाको पातमा दिइएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *