Categories Uncategorized

बिरगंज महानगरपालिकाद्वारा विभिन्न स्थानमा दाउरा बितरण

बिरगंज l बिरगंजमा लगातार ३ दिन देखि चिसो हावा एवम् अत्याधिक हुस्सु र कुहिरोका कारण मधेसको जनजीवन प्रभावित भएको छ।

आज शुक्रबारको दिन बिहान देखि पर्साको बिरगंजमा लागेको बाक्लो कुहिरो केही दिनदेखि लगातारको चिसो हावा एवम् हुस्सुका कारण पर्साका लगायत मधेस प्रदेशको अधिकांश ठाउँहरूमा अधिक चिसो बढ्नुको साथै जनजीवन प्रभावित बनेको छ।

Advertisement

यता कुहिरो बढेकाे जाडाेले गर्दा बिरगंज महानगरपालिकाले बिरगंजका विभिन्न स्थानमा दाउरा बितरण गरेको छ। बिरगंजको नारायणी अस्पताल ,नया बसपार्क एरिया चाैक,घण्टाघर चाैक, माईस्थान चाैक, मुर्लि चाैक,पावरहाउस चाैक,मालपोत चाैक,श्रीराम हल चाैक,महावीर मंदिर चाैक र अमर चाैक समेतका ठाउहरूमा दाउरा दिई आगो बाली गाउँ गाउबाट आउने जाने सर्वसाधारण एवं बटुवाहरू र बिरामीका कुरूवाहरू समेतमा बालेकाे आगोले राहत पुगेको देखिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *