Categories समाचार

तराईमा बाक्लो हुस्सु, देशभरको तापक्रम घट्दै

काठमाडौं l देशभरको तापक्रम घट्दै गएको छ । पश्चिमी वायुको सामान्य प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु तथा कुहिरोको लागेको छ।

Advertisement

दिउँसो देशभरको मौसम सामान्यतया सफा रहनेछ। राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना छ।

Advertisement

हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सावधनी अपनाउन महाशाखाले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *