Categories समाचार

बिरगंज महानगरका मेयर राजेशमान सिंहद्वारा नारायणी अस्पतालको निरीक्षण

Advertisement

बिरगंज l बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आज नारायणी अस्पतालमा सरसफाईको निरीक्षण गरेका छन् । नगरबासीको स्वास्थ्य सुधार र अस्पतालको सेवामा थप सुधार ल्याउन सिंहले अस्पताल परिसरको अवस्थाको अध्ययन गरेका हुन्।

निरीक्षणको क्रममा मेयर सिंहले अस्पतालको सरसफाई व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, बिरामीको उपचार कक्ष तथा आकस्मिक कक्षको अवस्था निरीक्षण गरेका हुन् । निरीक्षणको क्रममा उनले अस्पताल प्रशासनलाई सफा र व्यवस्थित वातावरण निर्माण गर्न विशेष ध्यान दिन निर्देशन दिए ।

Advertisement

“नारायणी अस्पताल बिरगंजको एउटा महत्त्वपूर्ण स्वास्थ्य संस्था हो। यहाँको सरसफाई सुधार गर्न महानगरपालिकाले पूर्ण सहयोग गर्नेछ,” मेयर सिंहले भने।

Advertisement

यो पहललाई स्थानियबासी तथा अस्पतालमा उपचाररत बिरामीका आफन्तहरूले सकारात्मक रूपमा लिएका छन्। अस्पताल प्रशासनले पनि मेयर सिंहको निर्देशनलाई कार्यान्वयन गर्दै आगामी दिनमा थप सुधार गर्ने प्रतिबद्धता जनाएको छ।

यो कदमले नारायणी अस्पताललाई सरसफाई र स्वास्थ्य सेवामा उत्कृष्ट बनाउने अपेक्षा गरिएको छ। दिपेन्द्र बि सी

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *