Categories समाचार

प्रसौनीको प्रस्टोकामा १८० थान ग्यास चुल्हो वितरण

वीरगन्ज । बाराको प्रसौनी गाउँपालिका वडा न. ५ मा ग्यास चुल्हो वितरण गरिएको छ ।

वडा स्तरीय बजेटबाट वडा नम्बर ५ प्रस्टोका का स्थानीय जनतालाई एक कार्यक्रमका बिच ग्यास चुल्हो वितरण गरिएको हो ।

Advertisement

सोही वडामा बसोबास गर्ने १८० जनालाई ग्यास चुल्हो वितरण गरीएको छ।

Advertisement

प्रसौनी गाउँ पालिकाकि उपाध्यक्ष किरण देबीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमको अध्यक्ष्ता सोही वडाका वडा अध्यक्ष संतोष साहले गरेका हुन ।

सो कार्यक्रममा ईलाका प्रहरी कार्याल का प्रहरी निरीक्षक सुरेश राज भट्ट, प्रस्टोकाका समाज सेवी प्रदीप साह, श्री जिन्नाद बाबा कृषि सहकारीका अध्यक्ष श्रीलाल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *