Categories समाचार

तीन दिनदेखि ठोरीमा हात्ती आतंक

Advertisement

बिरगंज l ठोरी गाउँपालिका वडा नम्बर-२ गौतमनगर र इच्छानगरमा तीन दिनयता जंगली हात्तीले आतंक मच्चाएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट आएको एउटा हात्तीले घर भत्काउने र आक्रमण गरिरहेको छ । 

स्थानीय चिरञ्जीवी सापकोटाका अनुसार, सोमबार राति ३ बजेदेखि गाउँ प्रवेश गरेको उक्त हात्तीले गौतमनगरमा चेतबहादुर बस्नेतको घरको बार भत्काएर भकारीमा राखेको ४० हजार रुपैयाँबराबरको ६ क्विन्टल धान नष्ट गरेको छ । त्यसैक्रममा हात्तीले स्थानीय सीता गौतम र काजी प्याकुरेलको घरमा पनि क्षति पुर्‍याएको छ ।

Advertisement

गौतमनगरमा बुधबार बिहान ३ बजेदेखि ११ बजेसम्म पनि बस्ती प्रवेश गरेर उक्त हात्तीले आतंक मच्चाएको स्थानीयले बताएका छन् । नेपाली सेनाले उक्त गाउँको बाटो भएर आवागमनमा रोक लगाएको छ । सोमबार गस्तीको क्रममा अमुवा पोस्टबाट खटिएको नेपाली सेनाको गस्ती टोलीलाई पनि उक्त हात्तफले आक्रमण प्रयास गरेको सापकोटाले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *