Categories समाचार

वीरगंजमा सडक दुर्घटना न्यूनीकरणका लागि “उज्यालो वीरगंज” अभियानलाई निरन्तरता

वीरगंज । सडक दुर्घटना न्यूनीकरणका लागि वीरगंज महानगरपालिकाद्वारा संचालनमा रहेको “उज्यालो वीरगंज” अभियानलाई थप निरन्तरता दिन अनुगमन गरिएको छ।

महानगरका प्रमुख राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल, र महानगरका प्राविधिक सल्लाहकार ई. प्रकाशमान अमात्यको टोलीले परवानीपुरदेखि ड्राइपोर्ट जाने बाटो, जगन्नाथपुर चोक लगायतका क्षेत्रहरूको निरीक्षण गरेका हुन्।

Advertisement

अनुगमनका क्रममा सडक बत्तीहरूको अवस्था, ट्राफिक व्यवस्थापन, र पैदलयात्रुका लागि बनाइएका संरचनाको स्थिति जाँच गरिएको थियो। अभियानले दुर्घटना कम गर्न, राति यात्रा सहज बनाउने, र सुरक्षाको अनुभव वृद्धि गर्ने उद्देश्य लिएको छ।

Advertisement

महानगरले यो अभियानलाई अझ प्रभावकारी बनाउन र दीर्घकालीन रूपमा दुर्घटना न्यूनीकरणमा टेवा पुर्‍याउन विभिन्न सरोकारवाला निकायसँग सहकार्य गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *