Categories एजेन्सी

अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु

Advertisement

बिरगंज l अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ।

स्थानीय समयानुसार बिहीबार बिहान ७:३० बजेतिर सेन्टरभ्यु ड्राइभमा रहेको विङ्गेट बाई विन्डह्याम होटलनजिकै रहेको पोखरीमा कार खस्दा चालक ५५ वर्षीय कर्ण खड्का र यात्रु २० वर्षीय निश्चल भट्टको मृत्यु भएको हो।

Advertisement

फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार उनीहरू सवार कार हिउँमा चिप्लिएर पोखरीमा खसेको हो।

Advertisement

अमेरिकी सञ्चारमाध्यमका अनुसार पोखरीमा कार डुबेको अवस्थामा फेला परेको थियो। दुवै जनाको शव कारभित्र पाइएको हो।

सहकर्मीहरूका अनुसार खड्का विङ्गेटमा काम गर्थे भने भट्टले जागिरका लागि आवेदन दिने योजना बनाएका थिए। तर समाचारमा मृतक नेपालीहरूको नेपाल ठेगाना खुलाइएको छैन।

केही दिनयता हिमआँधीका कारण भर्जिनियासहित अमेरिकाका विभिन्न राज्यमा भारी हिमपात हुँदा जनजीवन कष्टकर छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *