वीरगन्ज l वीरगन्ज कपडा बैंक तथा अमर चौक टोल सुधार समितीले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि वीरगन्जको रेल्वेरोड अमरचौकमा निशुल्क कपडा वितरण गरेको छ ।
सो अवसरमा नया पुराना गरि ६५० थान कपडा वितरण गरिएको वीरगन्ज कपडा बैंकका सदस्य एवं अमर चौक टोल सुधार समितिका सचिव नवराज भट्टराईले बताउनु भयो ।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह र अमर चौक टोल सुधार समितीका अध्यक्ष संजय पटेलको संयुक्त अध्यक्षतामा तथा वीरगन्ज कपडा बैंकको संरक्षक अधिवक्ता सुरेन्द्र कुर्मिको प्रमुख आतिथ्यमा वितरण गरिएको हो l
बैंकका सल्लाहकारहरु अधिवक्ता पन्नालाल गुप्ता, अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवी हुकुम सिंह राजपुत ,वीरगन्ज कपडा बैंकका निवर्तमान अध्यक्ष रम्भा मिश्रा, उपाध्यक्ष प्रकाश थारु, सचिव कन्हैया पटेल,कोषाध्यक्ष मनोज मिश्रा, सदस्यहरु अभिलाष कुमार गुप्ता, हरेन्द्र कुर्मी, निला कुमारी राम, केदार गुप्ता, राहुल सिंह राजपुत, अजय कुमार यादव, अमर टोल सुधार समितिका उपाध्यक्ष अजय यादव, कोषाध्यक्ष सदस्यहरु राजेश श्रेष्ठ , सुमन राना, विशाल साह तुराहा लगायतको उपस्थिति रहेको थियो l
प्रमुख अतिथी कुर्मिले दिन दुखी असहायको सेवानै मानिसको सबैभन्दा ठूलो धर्म भएकोले हामी सबै मिलि समाजसेवा कार्यमा हातेमालो गर्नु पर्दछ र यो कार्यमा वीरगन्ज कपडा बैंक विगत लामो समय देखि सेवा प्रदान गरिआएकोमा आफुलाइ गर्व लाग्ने गर्दछ बताउदै अमर चौक टोल सुधार समितीले पनि आफ्नो सुरुवात देखिनै नेक कार्य गरेकोमा आफू निकै खुशी लागेको बताउदै उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
सो निशुल्क कपडा वितरण कार्यक्रममा स्वागत मन्तव्य अमर चौक टोल सुधार समितीका सल्लाहकार जुलुम खडगीले गरेका थिए भने सहजीकरण वीरगन्ज कपडा बैंकका सचिव कन्हैया पटेलले गर्नु भएको थियो ।






