Categories समाचार

भगवान् श्रीराम जी को सम्मानमा नेजपा द्वारा बीरगंजमा विशाल शोभा यात्रा कार्यक्रम सम्पन

बिरगंज l नेपाल जनता पार्टी पर्सा जिल्ला समितिले श्रीराम जन्मभूमि अयोध्या मन्दिर श्री रामलालको प्राण प्रतिष्ठानको शुभ वार्षिकोत्सवको पावन उपलक्ष्यमा आज बीरगंजमा शोभा-यात्रा कार्यक्रम सम्पन् गरेको छ।

पौष शुक्लपक्ष द्वादशी तिथिको दिन नै श्रीराम मन्दिर अयोध्याधाममा भगवान् श्रीराम जी को प्राण प्रतिष्ठान भएको पावन दिन आज नेजपा ले भव्य रुपमा शोभा यात्रा भएको हो।जिल्ला प्रहरी कार्यालय पर्सा अगाड़ी रहेको लालबंगलामा जम्मा भई घन्टाघर चौक,माईस्थान चौक, आदर्शनगर चौक, अलखिया मठ चौक, घरीहरवा चौक, माईस्थान चौक हुदै पुनः लालबंगमा गई समापन भएको थीयो।

Advertisement

शोभा यात्रा कार्यक्रममा नेपाल जनता पार्टीका वरिष्ठ नेता संतोषानन्द महाराज,केन्द्रीय उपाध्यक्ष ओमप्रकाश जयसवाल, केन्द्रीय सदस्यहरु सुरेश साह कानू, बिनोद कुर्मी, पारस दुबेदी लगायत सहभागी रहेका थीए।

Advertisement

बाजा गाजा सहित शुरू भएको शोभा यात्रामा भगवान् श्रीराम जी, माता जानकी, भगवान् लक्ष्मण जी,भगवान् हनुमान जी को झांकी संगै जय श्रीराम हर हर महादेवको नारा, हिन्दू राष्ट्र नेपाल कायम घर, हिन्दू हिन्दू भाई भाई, ॐ कार परिवार एक होऔ,धर्म-निरपेक्ष ख़ारिज घर, धर्म परिवर्तन गराउने लाई कड़ा कारवाही गर भन्नने मूल नारा लगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *