Categories समाचार

बिरगंजको आदर्शनगर स्विमिङ्ग पुलमा थारु माघी समारोह मनाइने

Advertisement

बिरगंज l थारु समुदायको महान् चाड खिचडी (माघी) पर्वको उपलक्ष्यमा वीरगन्जमा माघ १ गते थारु माघी समारोह आयोजना गरिने भएको छ । आइतबार बिरगंजमा पत्रकार सम्मेलन गरेर खिचडी (माघी) मूल समारोह समितिले माघ १ गते बिरगंजमा खिचडी (माघी) पर्व भब्य रुपमा मनाउन लागिएको बारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा खिचडी (माघी) मूल समारोह समिति बिरगंजका संयोजक प्रवीण कुमार चौधरीको भनाई अनुसार
आदीवासी थारु समुदायको खिचडी (माघी) पर्व तथा थारु समुदायको आउने नयाँ बर्ष २६४९ को शुभकामना आदान प्रदान, भाषा तथा सांस्कृतीको झलकका साथै खिचडी पर्व मनाउने गरिन्छ l

Advertisement

उनले भने थारु सास्कृती झलक घांटो, सामाचकेवा, झम्टा, थारु पूर्वि नाच, थारु समुदायका बाल बाललिकाहरु द्वारा थारु गितमा नृत्य, कल्ला प्रदर्शण आदी थारु विशेष परिकार घोंङ्गी, कैकरा, माछा, परेवा, हाँस, कुखुरा, चिचर, लाइ तिलको बनाईने बताएका थिए।

Advertisement

मंगलवार ११:३० बजे घण्टाघर देखी प्रभातफेरी ऱ्यालीआदर्शनगर स्विमिङ्ग पुल सम्म ।
मोटर साईकल रैलि पावर हाउस चौक बाट शुरु भइ वीरगंज घण्टाघर, माइस्थान चौक, आदर्श चौक, अलखिया मठ, होटेल मकालु, तथा घडिअर्वा पोखरी हुदै घण्टाघर शालिक निर दिप प्रज्वलन कार्यक्रम साँझ ६:०० बजे थारुहरुको नयाँ सालको कोण सभामा शुभकामना आदान प्रदान गरि समापन् गरिने बताएका थिए।

समारोह आयोजनामा थारु कल्याणकारीणी सभा, थारु नागरिक समाज, मेलमिलाप थारु परिवार, प्रकाश फाउन्डेसन, थारु शिक्षक संघ, थारु विद्यार्थी समाज गरी ११ वटा संघसंस्थाको संलग्नता रहने जानकारीपनि उनले गराए।

पर्सामा माघी महोत्सवको तयारीका लागि चहलपहल शुरु भएको छ l पर्साको ६ स्थानमा माघी महोत्सव हुने आयोजकले जानकारी गराएका थिए। आजको कार्यक्रम सन्चालन मनोज चौधरीले गरेका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *