Categories समाचार

मधेशमा भोजपुरीदेखि अंग्रेजीसम्म पाँच सरकारी कामकाजी भाषा राख्न प्रस्ताव

जनकपुरधाम । मधेश प्रदेश सभामा प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को प्रस्ताव सदनमा पेश भएको छ ।

शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी शर्मा तिवारीले सदनमा उक्त विधेयक पेश गरेकी हुन् । बैठकमा पेश गरेको विधेयक छलफलको लागि प्रस्तुत गरिएको छ ।

Advertisement

विधेयकमा मधेशमा सरकारी कामकाजको भाषा नेपाली भाषाका अतिरिक्त भोजपुरी, मैथिली, बज्जिका, हिन्दी र अंग्रेजीलाई समेटिएको छ ।

Advertisement

विधेयकको दफा २ को उपदफा (ख) मा सरकारी कामकाजको भाषा भन्नले ‘मधेश प्रदेशको सरकारी कार्यालयहरुमा लिखित वा मौखिक रुपमा प्रयोग हुने नेपाली भाषाका अतिरिक्त भोजपुरी, मैथिली, बज्जिका, हिन्दी र अंग्रेजी सम्झनु पर्छ ’उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *