वीरगन्ज । पर्साको छिपहरमाई गाउँपालिका वडा नं ५ का स्थानीय तथा पूर्व प्रहरी निरीक्षक अरुण कुमार कुशवाहा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश छन् ।
जसपाका उप–महासचिव समेत रहेका संघीय खानेपानीमन्त्री प्रदीप यादवले आज एक कार्यक्रमका बीच कुशवाहालाई पार्टी प्रवेश गराउनुभएको मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साहले जानकारी गराए ।
पूर्व प्रहरी निरीक्षक कुशवाहा लाई प्रवेश गराउन पाएकोमा आफु निकै खुशी भएको मन्त्री यादवले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन ।
वीरगन्जमा आयोजित सो कार्यक्रममा तबरेज अहमद, मुकेश दुवेदीलगायत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।