Categories अन्तर्राष्ट्रिय एजेन्सी

अभियुक्तका बाबुको दाबीः सैफलाई चक्कु हान्ने व्यक्ति मेरो छोरो होइन

बिरगंज l मुम्बईमा फिल्म अभिनेता सैफ अली खानको घरमा घुसेर चक्कुले आक्रमण गरेको आरोपमा शरिफुल इस्लाम शहजाद प्रहरीको हिरासतमा छन्। 

तर उनका बुबा रुहुल अमिन फकिरले सैफलाई चक्कु हान्ने व्यक्ति आफ्नो छोरा नभएको दाबी गरेका छन्। उनले सीसीटीभी फुटेजमा देखिएका व्यक्ति आफ्नो छोरा नभई अर्कै भएको जिकिर गरेका हुन्। उनी भन्छन्, ‘प्रहरीले मेरो छोरालाई गिरफ्तार गरे पनि सीसीटीभी फुटेजमा देखिने व्यक्ति मेरा छोरा होइनन्।’

Advertisement

अर्थात्, फुटेजमा देखिएका व्यक्ति र पक्राउ परेको व्यक्ति एउटै नभएर फरक-फरक व्यक्ति भएको दाबी उनको छ। बंगलादेशको झलोकाटीमा बस्ने रुहुल अमिन फकिरको परिवारमा श्रीमती र तीन छोरा छन्।

Advertisement

शरिफुल इस्लाम उनका माइला छोरा हुन्। रुहुलले बीबीसी बंगलालाई बताएअनुसार उनले आफ्ना छोरासँग अन्तिमपटक गत शुक्रबार साँझ कुरा गरेका थिए। त्यस क्रममा दुवैले एकअर्काको सञ्चो-बिसञ्चो सोधेका थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *