Categories समाचार

प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखकलाई ध्यानाकर्षण

Advertisement

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएको छ ।

सोमबार पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माको समूहले प्रेस स्वतन्त्रता हननमा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखक समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो ।

Advertisement

उक्त ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रमेश लेखकले स्वतन्त्र पत्रकारितालाई कसैले पनि अवरोध गर्न नहुने बताए । उनले पत्रकारितालाई व्यवसायीक ढङ्गले निष्पक्ष र स्वतन्त्र पूर्ण बनाउन सबै निकाय र पत्रकार महासङ्घले पनि ध्यान दिनुपर्ने बताए ।

Advertisement

उनले भने, ‘खास गरेर पत्रकारिताको व्यवसायीक स्वतन्त्रता र पत्रकारकारमाथि कुनै पनि खालका अवाञ्छित दबाबहरू भौतिक खालका, मासिक खालका अथवा स्वतन्त्र पत्रकारिता अवरोध गर्ने, खण्डित गर्ने, दबाबहरू कसैले गर्नु हुँदैन । पत्रकारितालाई व्यवसायीक ढङ्गले निष्पक्ष र स्वतन्त्र वातावरण बनाउन।सरकार तयार छ ।’

साथै उनले पत्रकारिता लोकतन्त्रको बाहक र संरक्षक समेत भएको बताए । उनले पत्रकारिता लोकतन्त्रको थर्मोमिटर समेत भएकाले नेपालको संविधानले पूर्ण पत्रकारिता स्वतन्त्रतामा ध्यान दिएको बताए ।

त्यसै गरी अध्यक्ष शर्माले पत्रकार महासङ्घको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निभाएको भूमिकाप्रति धन्यवाद दिइन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *