Categories समाचार

कांग्रेसको तराई-मधेस समन्वय विभागमा १० सदस्य मनोनयन

Advertisement

काठमाडौँ l नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तराई-मधेस समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको छ ।

पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९)बमोजिम पार्टीका केन्द्रीय सदस्य किरण यादव प्रमुख रहनुभएको विभागमा आज १० सदस्य मनोनय गर्नुभएको हो ।

Advertisement

मनोनयन हुनुभएका सदस्यमा बाराका कृष्णवर्त सिंह, कपिलवस्तुका सहसराम यादव, सप्तरीका प्रमोदकुमार झा, नवलपुरका मोहनलाल कलवार, सुनसरीका श्यामदेव मेहता, सिरहाका अरूणकुमार सिंह, रौतहटका रामकृपाल यादव, काठमाडौँका दिलमाया अधिकारी, कञ्चनपुरका लालबहादुर राउत राय र सर्लाहीका उमेश चौधरी रहनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।

Advertisement

विभागले तरार्ई मधेस क्षेत्रका पार्टी नेता, कार्यकर्ताबीच समन्वय गरी सङ्गठन सुदृढीकरणमा सक्रिय हुने प्रमुख यादवले बताउनुभयो । रासस

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *