वीरगन्ज । आज एसपी गौतम मिश्रले सम्हाले पर्सा जिल्ला प्रहरी प्रमुखको कमाण्ड । सोमबार दिउँसो कार्यालयमा पुगेर एसपी मिश्रले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका एसपी मिश्रलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्साल,वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं सहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए ।
जिल्लाको कमाण्ड सम्हाल्दै एसपी मिश्रले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवान देखि लिएर अधिकारी समेतलाई निर्देशन दिएका छन् ।






