Categories समाचार

वीरगन्ज-६ मा वडा खोप समन्वय समितिको अभिमुखीकरण तथा बहस पैरवी बैठक सम्पन्न

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा खोप समन्वय समितिको अभिमुखीकरण तथा बहस पैरवी बैठक सम्पन्न भएको छ ।

महानगरको वडा न. ६ स्थित रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा जनस्वास्थ्य प्रबर्द्धन शाखा वीरगन्जले आयोजना गरेको बैठकमा लक्षित वर्गसम्म खोप पुर्यान सबै निकायको सहयोग अपरिहार्य रहेको बारे चर्चा भएको थियो ।

Advertisement

विभिन्न क्षेत्रबाट सहभागी हुनेगरी बोलाइएको बैठकमा एचभीपी खोप अभियान २०८१ सफल बनाउन एकअर्कासंगको हातेमालो आवश्यक रहेकोले सबैले आआफ्नो स्तरबाट सूचना प्रवाह गर्न वक्ताहरुले जोड दिए ।

Advertisement

सोही वडाका वडा अध्यक्ष जयप्रकाश साह अग्रवालको अध्यक्ष्तामा बसेको बैठकमा सेवा केन्द्रका अहेव अकलेश गिरी र अनमी सरिता साहले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बारे जानकारी गराउँदै त्यसको जोखिमबाट किशोरीहरुलाई बचाउन एचभीपी खोप प्रभावकारी रहेको बताए ।

खोप अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाट बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप लगाउने अहेव गिरीले जानकारी गराए ।

वीरगन्ज महानगरपालिकामा माघ २२ गतेदेखि सुरु हुने यो खोप अभियान फागुन ६ गतेसम्म चल्ने छ ।

बैठकमा वडा सचिव गंगा पौडेल, सहायक प्रधानाध्यापक अविनिष पाण्डे, शिक्षक राजिव कुमार सिंह, वडा सदस्य सुशीला परियार, राजु खड्गी, पवन शर्मालगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *