Categories एजेन्सी

अमेरिकी सरकारद्वारा यूएसएआईडीको वेबसाइट बन्द

Advertisement

मेरिका l अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूसएआईडी) को वेबसाइट बन्द भएको छ । विश्वव्यापी विदेशी सहायता र विकास सहयोगमा रोक लगाएलगत्तै अमेरिकाले अस्ति शनिवारदेखि यूएसएआईडीको वेबसाइट पनि अनलाइनबाट हटाएको हो ।

यूएसएआईडीका एक सयभन्दा धेरै कर्मचारीलाई गएको हप्तादेखि बिदामा पठाइएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।यूएसएआईडीका झण्डै ३० जना कर्मचारीले आफ्नो संस्थागत इमेलमा पहुँच गुमाएका छन् ।

Advertisement

यस्तै अर्बपति व्यापारी एलोन मस्कले नेतृत्व गरेको संस्था डज ९डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी० का प्रतिनिधिहरूलाई भवनको प्रतिबन्धित क्षेत्रमा जानबाट रोक्न कोसिस गरेका दुई सुरक्षा कर्मचारीहरूलाई पनि छुट्टीमा पठाइएको खबरमा उल्लेख छ ।

Advertisement

अमेरिकी सरकारको कार्यक्षमता वृद्धि गर्न र अनावश्यक खर्च कटौती गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई जिम्मेवारी दिनुभएको छ । मस्कले यूएसएआईडीलाई अपराधिक सङ्गठन भन्दै यसको अन्त्य हुनुपर्ने टिप्पणी गर्नुभएको छ ।

अमेरिकी कंग्रेसमा रहेका डेमोक्रेटिक पार्टीहरूले ट्रम्प प्रशासन स्वतन्त्र एजेन्सीका रूपमा यूएसएआईडीलाई समाप्त पार्ने र यसलाई विदेश विभागमा समाहित गर्ने दिशातर्फ अघि बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले अमेरिकी कंग्रेसअन्तर्गतको कोषबाट सञ्चालित स्वतन्त्र एजेन्सीलाई हटाउने ट्रम्पसँग कुनै कानूनी अधिकार नभएको भन्दै राष्ट्रपति ट्रम्पको यो कदमविरुद्ध कानूनी लडाईं लड्ने बताइरहेका छन् ।

यूएसएआईडीले विश्वभरका विभिन्न देशमा शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, घातक रोगहरूको उपचार, आर्थिक विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका क्षेत्रमा काम गर्छ । एजेन्सी

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *