Categories शिक्षा

पर्सामा १० देखि १४ वर्ष उमेरका ९ हजारभन्दा बढी बालिकाहरु विद्यालय बाहिर

Advertisement

वीरगन्ज l पर्सा जिल्लामा १० देखि १४ वर्ष उमेर समूहका ९ हजारभन्दा धेरै बालिकाहरु विद्यालयबाहिर रहेको पाइएको छ। पाठेघरको मुखको क्यान्सरविरुद्धको देशव्यापी एचपिभी खोप कार्यक्रमका लागि स्वास्थ्य कार्यालय पर्साले संकलन गरेको तथ्यांकले यस्तो देखाएको हो।

पर्सा जिल्लामा ११२ वटा वडामा रहेका १४७ वटा सामुदायिक विद्यालय र १३२ वटा निजी विद्यालयबाट तथ्यांक संकलन गर्दा ९ हजार १०८ बालिकाहरु विद्यालयको पहुँचबाहिर रहेको पाइएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए। ठाकुरका अनुसार १४ वटा पालिका रहेको पर्सा जिल्लामा १० देखि १४ वर्ष उमेर समूहका विद्यालय नजाने सबैभन्दा बढी बालिका वीरगन्ज महानगरपालिकामा छन्। ३२ वटा वडा रहेको वीरगन्ज महानगरपालिकामा ३ हजारभन्दा बढी बालिका विद्यालयबाहिर छन्।

Advertisement

यसैगरी, छिपहरमाई गाउँपालिकामा १ हजार २६ जना बालिका विद्यालयको पहुँचबाहिर छन्। छिपहरमाई गाँउपालिकामा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राको संख्यासमेत १ हजार ४३९ मात्रै छ।

Advertisement

यही उमेर समूहमा विद्यालय नजाने बालिकाको सबैभन्दा कम संख्या ठोरी गाउँपालिकामा छ। पाँच सामुदायिक र एक निजी विद्यालय रहेको ठोरीमा ६ देखि १० कक्षामा अध्ययनरत ४७० छात्रा छन् भने ४५ बालिका विद्यालयको पहुँचमा छैनन्।

पालिकाका स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरेर यो तथ्यांक संकलन गरिएको जनस्वास्थ्य अधिकृत ठाकुरले बताए।नयाँपत्रिकाबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *