Categories अर्थ

तोलामा १६ सयले बढ्यो सुनको मूल्य

Advertisement

काठमाडौं l नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ। बुधबार सुन एक लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो। महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *