वीरगञ्ज । पर्सा प्रहरीले श्रोत नखुलेको सात लाख नगद रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं.१० आदर्शनगर ग्लोबल आई एम ई बैंक नजिक विन्दवासिनी गाउँपालिका वडा नं.३ झौवा बस्ने ४३ वर्षका अजय कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शंका लागि चेकजाँच गर्दा साहले लगाएको सेतो ट्याक्सुटको दुबै साईडको खल्तीमा लुकाइ छिपाई राखिएको नेपाली रू.१००० दरका नोट ७ सय थान गरी जम्मा रु.७,००,०००।- (सात लाख) फेला परेको थियो ।
साहमाथी बैंक तथा वित्तिय संस्था सम्बन्धी कसूरमा मुद्दा चलाइएको हुँदा पटके (हुण्डी कारोवारी) देखिएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराए ।






