Categories समाचार

मधेश प्रदेश स्तरीय प्रज्ञा–नारी काव्य सङ्गोष्ठी वीरगन्जमा सम्पन्न

Advertisement

वीरगन्ज । मधेश प्रदेश स्तरीय प्रज्ञा–नारी काव्य सङ्गोष्ठी २०८१ शनिबार वीरगन्जमा सम्पन्न भएको छ ।

भोजपुरी प्रतिष्ठान (वीरगंज महानगरपालिका) र नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (काव्य/पद्य) विभागको सह-कार्यमा शनिबार मधेश प्रदेश स्तरीय प्रज्ञा–नारी काव्य सङ्गोष्ठी २०८१ सम्पन्न भएको हो ।

Advertisement

वीरगन्जको त्रिजुद्ध माविमा भोजपुरी प्रतिष्ठानकि अध्यक्ष अनिता साहको अध्यक्ष्तामा आयोजना गरिएको काव्य सङ्गोष्ठीको प्रमुख अतिथि प्रज्ञा-प्रतिष्ठान (काव्य/पद्य) विभाग प्रमुख बाबा बस्नेतले माता सरस्वतीको तस्बिरमा अबिर चढाई कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

Advertisement

प्रदेशको विभिन्न जिल्लाबाट सहभागी कवयित्रीहरुको शानदार प्रस्तुतिले महिलाहरू भान्सा र घरको काममा मात्र सिमित रहेको भ्रमलाई फेरि पनि तोडने काम गरेको गरेको वक्ताहरुको कथन रहेको थियो ।

कार्यक्रम सञ्चालन देखि अध्यक्ष, प्रमुख अतिथि र कविता पढ्ने महिला मात्रै रहेको यो सम्भवत प्रदेशमा पहिलो कार्यक्रम भएको भाषा आयोगका सदस्य तथा भोजपुरी प्रतिष्ठानका सल्लाहकार गोपाल अश्कले जिकिर गरे ।

कवयित्रीको रुपमा सर्लाहीबाट सुमित्रा आचार्य, महोत्तरीबाट मञ्जु मञ्जुभाषिणी, सप्तरीबाट मिन्टु पटेल, रंजना झा, धनुषाबाट पूनम झा “मैथिली”, रौतहटबाट रेणुका जि सी, बाराबाट रीता चौधरी, सीता अधिकारी, राज श्री, पर्साबाट अनु कुमारी मेहता, मंजु कुमारी कोइराला, सीता शर्मा पन्थी, अस्मिता पटेल, उर्मिला गिरी, सानिया हाडाले कविता वाचन गर्नुभएको हो ।

मधेस प्रदेशको साहित्य क्षेत्रमा महिलाहरूको अवस्था स्थिति बारे गीता भण्डारीले प्रस्तुत गर्नुभएको कार्यपत्रको टिप्पणी शाेभा कुमारी पटेलले गरेकी थिइन् ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठान महाशाखा प्रमुख संध्या पहाडी, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, भोजपुरी प्रतिष्ठान वीरगंजको सल्लाहकार गोपाल अश्क, प्रमोद पाण्डे, वरिष्ठ साहित्यकार मुकुन्द आचार्य, नेपाल भोजपुरी सामाज पर्साका अध्यक्ष ध्रुव सिंह ठकुरी, भोजपुरी प्रतिष्ठान बाराको अध्यक्ष रामप्रसाद साहका साथै विभिन्न क्षेत्रबाट साहित्य प्रेमीहरुको सहभागीता रहेको मुकेश महतोले जानकारी गराए ।

कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका कार्यसमिति सदस्य अमोद गुप्ताले गरेका थिए भने सहजीकरण माधुरी महतोले गरेकी थिइन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *