Categories खेलकुद

नेपाल एटिमी क्याकुसिन कराते खेलाडीलाई युवा नेता दुबेले गरे बिदाइ

Advertisement

बारा । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा नेपाल एटिमी क्याकुसिन करातेको १४ जना खेलाडीलाई युवा नेता दुबेले बिदाइ गरेका छन । फेटा गाउपालिका वडा नम्बर ७ निवासी युवा नेता उमेश दुबेले संघीय राजधानी काठमान्डौमा हुने अन्तरास्ट्रिय खेलका लागि १४ जना खेलाडीलाई बिदाइ गरेका हुन ।

संघीय राजधानी काठमान्डौमा शनिवारदेखी हुन लागेको अन्तरास्ट्रिय खेलमा भाग लिन जाने खेलाडीलाई टिक्का लगाइ आर्थिक सहयोगले युवा नेता दुबेले बिदाइ गरेको स्थानीय दिपक दासले जानकारी दिनुभयो । उहाले फेटा गाउपालिका भित्र रहेका खेलाडीहरूलाइ सुरू देखि नै सम्मान गर्दै आएका युवा नेता दुबेले नेपाल एटिमी क्याकुसिन कराते भलुही शाखालाइ १० हजार नगद सहित १४ जना खेलाडीलाई टीका लगाइ बिदाइ गरेको जानकारी दिनुभयो ।

Advertisement

बिदाइ कार्यक्रममा बोल्दै युवा नेता दुबेले खेलाडीहरू मुलूककै शानको रूपमा रहेको र त्यो शानलाइ स्थानीय सरकारले बुझन नसकेको दुख प्रकट गरे । उहाले खेलाडीलाई निराश नभइ आत्मबलका साथ अगाडी बढन सुझाव दिएका थिए । अन्तरास्ट्रिय खेलमा सहभागी मात्र नभइ जितेर आउन खेलाडीहरूलाइ युवा नेता दुबेले सुझाएका थिए ।

Advertisement

कार्यक्रममा स्थानीय मोहन दास, प्रेम साह, दिपक दास, जितेन्द्र दास, बिक्की कुश्वाहा, राजेश कुश्वाहा, शेसनाथ यादव लगायत युवाहरूको सहभागिता रहेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *