Categories समाचार

हलेसीमा भएको आगलागीबाट झन्डै साढे सात करोडको क्षति

Advertisement

काठमाडौं l खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ मा आइतबार भएको आगलागीबाट झन्डै साढे सात करोडको क्षति भएको छ । 

नेपाल राष्ट्रिय विपत् प्राधिकरणका अनुसार आगलागीबाट दुईवटा पक्की घर पूर्ण र दुईवटा घर आंशिक रुपमा जल्दा सात करोड ३० लाख रुपैयाँ बराबरको धनमान नष्ट भएको छ ।

Advertisement

आइतबार साँझ ६ बजेदेखि स्थानीय पदम राईको घरबाट लागेको आगो राति ११ बजेतिर नियन्त्रणमा आएको थियो । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका साथै स्थानीयले ट्यांकरको पानी प्रयोग गरेर पानी निभाएका थिए । आगो नियन्त्रणमा लिन पानी अभाव भएको प्रहरीको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *