Categories अन्तर्वार्ता

मलेसियाले एकैपटक १८ जना नेपालीलाई गर्‍यो निष्कासन

काठमाडौं l नेपालीहरूको वैदेशिक रोजगारको प्रमुख गन्तव्य हो, मलेसिया। मलेसियामा लाखौं नेपालीहरू विभिन्न कम्पनीहरूमा कार्यरत छन्। कतिपय प्रक्रिया पुर्‍याएर त्यहाँ पुगेका छन् भने कतिपय गैरकानुनी तरिकाबाट पनि मलेसियामा काम गरिरहेका छन्।

कानुन विपरीत काम गर्ने नेपालीहरूलाई त्यहाँको अध्यागमनले बेला(बेला पक्राउ गरी अनुसन्धान पनि गर्ने गरेको छ। यसैबीच मलेसियाको अध्यागमनले ठूलो संख्यामा नेपालीहरूलाई निष्कासन (डीपोर्ट) गरेको छ।

Advertisement

स्रोतका अनुसार मलेसियाले एकैपटक १८ जना नेपालीलाई निष्कासन गरेको हो। उनीहरूलाई यसै साता मलिन्दो एयरलायन्सको विमानबाट नेपाल फर्काइएको स्रोतले जनाएको छ।

Advertisement

नेपाल फर्काइनेमा चन्द, तामाङ, चौधरी, बलोन, बुढाथोकी, श्रेष्ठ, तमेली, यादव, सार्की, घर्तीमगर, शेर्पा, कानु, आले मगर, सुनार, रिमाल, यादव, लिम्बु र तामाङ थर रहेका छन्। कानुन विपरीत बसोबास गरिरहेको आरोपमा उनीहरूलाई मलेसियाको अध्यागमनले निष्कासन गरेको हो। गत पुसमा पनि मलेसिया सरकारले १३ जना र मंसिरमा २६ जना नेपालीलाई निष्कासन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *