Categories समाचार

रवि लामिछानेले सहकारीको रकम ठगेका छन्, कुनै शङ्का छैनः शेखर कोइराला

Advertisement

काठमाडौँ l नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताएका छन् ।

आज काठमाडौँमा प्रजातन्त्र सेनानी सङ्घका प्रतिनिधिहरूको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले रास्वपा सभापति लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शङ्का नरहेको भन्दै सजाय पाउनुपर्ने बताए । तर सभापति लामिछानेमाथि भएको मानव अधिकार उल्लङ्घनबारे सरकार पन्छिन नमिल्ने उनले बताए ।

Advertisement

मानव अधिकारका कुरा नबुझ्नेहरू कांग्रेसी नहुने उनको तर्क छ । सहकारीको रकम हिनामिना गरेको प्रकरणमा केही समय अघि सभापति लामिछानेलाई रातारात पोखरा पुर्‍याइएको घटनाप्रति आपत्ति जनाउँदै सुरक्षा चुनौती देखाएर सरकारले मानव अधिकारको उल्लङ्घन गरेको बताए । उनले सुरक्षा चुनौती भए किन चितवन लगेको? भन्दै प्रश्न गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *