Categories धर्म/संस्कृति

ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिरगंजद्वारा शिव सन्देश शान्ती पद यात्रा सम्पन्न

Advertisement

बिरगंज l ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिर्ता बिरगंजद्वारा शिव सन्देश शान्ती पद यात्रा सम्पन्न भएको छ। आज मंगलबारको दिन ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिर्ता बिरगंजबाट रर्‍याली निकाली घन्टाघर हुँदै मुर्ली लगायत बिरगंजका विभिन्न स्थान नगरपरिक्रमा गरि पुन्ह छपकैया स्थित बिश्व दर्शन भवन सेवा केन्द्र छपकैया भवनमा पुगि कार्यक्रम सम्पन्न भएको हो ।

ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिरगंजका मुख्य संचालिका रबिना दिदिको अभिभावत्वमा सम्पन्न भएको शान्ती पद यात्राको मुख्य अतिथिमा उधोग बाणिज्य संघ बिरगंजका अध्यक्ष अनिल अग्रवाल, विशिष्ट अतिथिमा वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानुको उपस्थिति रहेको थियोे।

Advertisement

ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिरगंजका बिके गोकुल गुबाजुको भनाई अनुसार बिरगंज लगायत सम्पुर्ण रास्ट्रियमा नै शान्ती सदभाव र एकता कायम होस भन्ने उदेश्यका साथ यो शान्ती पद यात्राको आयोजना गरिएको हो। भगवान् शिव यो धर्तीमा अवतरित हुनु भएको ८८ बर्ष पूरा भई ८९ बर्षमा प्रवेश गरेको ८९ औं त्रिमुर्ति शिव जयन्तीको अवसरमा यो शान्ति पद यात्रा गर्न लागिएको हो।

Advertisement

शंकर पार्वती र सर्ब आत्माहरुको पिता एउटै प्रमात्मा शिव हुनु हुन्छ भन्ने सन्देश बोकेको झाकी सहित बिरगंजको बिर्ताको ॐ शान्ती भवन बाट शुभारम्भ भई घन्टाघर हुँदै मुर्ली लगायत बिरगंजका विभिन्न स्थान नगरपरिक्रमा गरि पुन्ह छपकैया स्थित बिश्व दर्शन भवन सेवा केन्द्र छपकैया भवनमा पुगि कार्यक्रम सम्पन्न भएको हो।

भोलि ७:३० बजे देखि बिश्व दर्शन भवन छपकैयामा शिव रात्रि सम्बन्धि आत्यामय प्रवचन तथा शिव ध्वजा रोहाण कार्यक्रम रहेको जानकारी गराइएको छ।

उक्त कार्यक्रममा समाजसेबी प्रकाश थारु,आमजन मानस लगाएतका भक्तजनको उल्लेखनीय उपस्थिति रहेको थियोे।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *