Categories समाचार

ब्राईट प्लस टु कलेजले गर्यो कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई भव्य स्वागत

Advertisement

वीरगञ्ज । ब्राईट प्लस टु कलेजले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै भव्य कार्यक्रमको आयोजना गरेको छ। कक्षा १२ का विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य रहबर अन्सारीले विद्यालयको प्रगति विद्यार्थीहरुको मेहनतमा निर्भर रहने बताए। उनले भने, “कम समयमा नै ब्राईट प्लस टु कलेजले उत्कृष्ट शैक्षिक उपलब्धिहरू हासिल गरेको छ। तर, कुनै पनि शिक्षालयको वास्तविक पहिचान विद्यार्थीहरूको प्रयास र लगनशीलताले तय गर्छ। विद्यार्थीहरूको क्षमताले नै विद्यालयको ब्रान्ड स्थापित गर्न मद्दत पुर्‍याउँछ।” साथै, उनले डिजिटल युगसँग विद्यार्थीहरुलाई जोड्न आवश्यक रहेको उल्लेख गर्दै शिक्षामा प्रविधिको प्रयोग अनिवार्य बन्दै गएको बताए।

Advertisement

ब्राईट प्लस टु कलेजका प्रबन्ध निर्देशक एवं अध्यक्ष मुकेश गुप्ताले विद्यार्थीहरुको उज्ज्वल भविष्य निर्माण गर्ने लक्ष्यका साथ कलेजले गुणस्तरीय शिक्षामा निरन्तर सुधार गरिरहेको बताए। उनले भने, “हाम्रो लक्ष्य केवल विद्यार्थीहरुलाई कक्षा कोठाभित्रको शिक्षामा सीमित नराखी तिनीहरूलाई डिजिटल तथा व्यावहारिक ज्ञानसँग पनि सशक्त बनाउनु हो।” उनले कलेजको आगामी योजनाबारे जानकारी दिँदै विद्यार्थीहरुलाई शिक्षण-शिक्षणमा नवीनतम प्रविधिहरूको प्रयोग गराउँदै जाने प्रतिबद्धता जनाए।

Advertisement

विद्यालय प्रशासन, शिक्षक-शिक्षिका, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *