Categories समाचार

चट्याङ लागेर तीन जना घाइते

Advertisement

बिरगंज l सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा हिजो बेलुका परेको चट्याङले लागेर तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार हरिहरपुरगढी गाउँपालिका–१ की ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा र २६ वर्षीया फुलमाया रुम्बा घाइते हुनुभएको हो ।

Advertisement

घाइतेमध्ये सुकुमायालाई थप उपचारका लागि हेटौँडा पठाइएको छ । सामान्य घाइते महन्त र फुलमायाको स्थानीय अस्पतालमा उपचार भएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

Advertisement

सिन्धुलीमा हिजो बेलुका हावाहुरी र चट्याङसहित पानी परेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *