वीरगञ्ज । जनता समाजवादी पार्टी(जसपा) को भातृ सङ्गठन समाजवादी युवा सङ्घको केन्द्रीय उपाध्यक्षमा पर्साकी सल्मा खातुन चयन भएकी छन् ।
भैरहवामा शनिवार सम्पन्न भएको सङ्घको राष्ट्रिय भेलाले महिला उपाध्यक्षमा खातुनलाई सर्वसम्मत चयन गरेको हो ।
खातुन जनता समाजवादी पार्टी, पर्साकी एक महत्त्वपूर्ण नेतृ हुन् । उनी पोखरिया नगरपालिकाको उपप्रमुख समेत रहिसकेकी छन् ।
भेलाले असलम खानको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ । समितिको केन्द्रीय महासचिवमा पनि पर्सा जिल्ला कै सरोज यादव चयन भएका छन् भने केन्द्रीय कमिटीमा वीरगञ्जका प्रकाश शर्मा पनि चयन भएका छन् ।
त्यस्तै पर्साका कुन्दन सिंह पटेल, सन्दीप यादव, अमित यादव, गौरव वर्मा, मुन्ना गरी, कृष्ण पटेल र अलि हसन पनि केन्द्रीय सदस्य चयन भएका छन् ।






