वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको सरगर्मी बढेको छ ।
त्रिभुवन विद्यालयले स्ववियु निर्वाचन घोषणा गरे संगै चैत ५ गते हुने चुनावका लागि विद्यार्थी नेताहरुले आआफ्नो तयारी तीव्र पारेका छन् । यसैबीच विद्यार्थी संगठनबीच स्ववियुका विभिन्न पदमा टिकटको दौडधुप र आन्तरिक प्रतिस्पर्धा पनि तीव्र भएको छ ।
ठाकुर राम क्याम्पसमा बि.बि.एस तर्फ तेस्रो वर्षमा अध्ययनरत राजु गुप्ताको लोकप्रियता बढ्दै गएको छ । बिद्यार्थीमाझ मिलनसार रहेका उनी यो पालीको चुनावमा उम्मेद्बारी दिने बताएका छन । उनले , ‘स्ववियू निर्वाचन कुनै पनि हालतमा यो वर्ष ठाकुर राम क्याम्पसमा हुनु पर्ने बताएका छन । हरेक पाली नेपालको अरु कलेजहरुमा चुनाव हुने तर अन्तमा ठाकुर राम क्याम्पस भने आपसी द्वन्द्वका कारण स्थगित हुनु विद्यार्थीहरुका लागि दु:खद हुने गरेको छ।
स्ववियू निर्वाचन भनेको विद्यार्थीहरुको हकहितका लागि हो। विद्यार्थीहरुको ठूलो त्याग तपस्याबाट बनाइएको यो प्रणाली केही सिमित ब्यक्तिको खराब मनसायका कारण लामो समयसम्म ठाकुर राम क्याम्पसमा चुनाव हुन सकेको छैन । विद्यार्थी नेतृत्व र स्ववियू निर्वाचन भनेको भोलिको देशको नेतृत्व उत्पादन हुने थलो हो। यस हिसाबले पनि यो पाली निर्वाचनको हुनै पर्ने उनले बताए ।
त्यस्तै उनले आफू संग भारी संख्यामा विद्यार्थीहरुको सहानुभूति रहेकोले आफू जुनपनी पदमा उम्मेद्बारी दिएपनी बिजय हुने विश्वस्त देखिएका थिए । विद्यार्थीहरुको हक हितको लागि आफू सधै लडाइ गर्न तयार रहेको पनि बताए ।
अहिले ठाकुर राम क्याम्पसमा प्राध्यापक एवम् शिक्षकहरु निजि क्याम्पसका ठेकेदार भएको एवम् ठाराब क्याम्पसको पठनपाठनमा ध्यान नदिएको, कर्मचारीहरुको अभाव भएकै कारण ठाकुर राम बहुमुखि क्याम्पसको शैक्षिक स्तर दिन प्रतिदिन ओरालो लागिरहेको जस्ता गतिविधि रोक्न आफू सदेव तत्परता देखाउने उनले बताए ।






