Categories प्रविधि

अब टिकटकमा ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने

Advertisement

काठमाडौं l अहिलेसम्म टिकटकले अधिकतम १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सक्ने सुविधा दिँदै आएको छ। टिकटकले आफ्नो प्लाटर्फममा अपलोड गर्न सकिने भिडिओको समयावधि क्रमशः बढाउँदै लगेको छ।

सुरूवातमा १५ सेकेडको भिडिओ अपलोड गर्न सकिनेमा यस्तो भिडिओको लम्बाई एक मिनेट, तीन मिनेट हुँदै १० मिनेटसम्म बनाइएको हो। अबदेखि भने टिकटकमा ६० मिनेटसम्मको भिडिओ पनि अपलोड गर्न सक्ने भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

Advertisement

अन्तर्राष्ट्रिय सञ्चार माध्यम डेजर्टओ डट इनका अनुसार अहिले टिकटकको एपबाटै भिडिओ बनाउँदा १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिन्छ। तर, अन्य एप वा बाहिरबाटै बनाएर तयार पारिएको भिडिओ ६० मिनेटसम्मको भए पनि टिकटकमा अपलोड गर्न सकिने भएको छ।

Advertisement

यदी १० मिनेटभन्दा बढी समयको भिडिओ अपलोड गर्न सकिएको छैन भने टिकटक एप अपडेट गर्नुपर्ने पनि बताइएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *