Categories समाचार

दुर्गाभगवती गाँउपालिकामा गर्भवती महिलालाई नि:शुल्क अल्ट्रासाउण्ड सेवा प्रदान

रौतहट l रौतहटको पूर्विभेग दुर्गाभगवती गाँउपालिकामा गर्भवती महिलालाई नि:शुल्क अल्ट्रासाउण्ड सेवा प्रदान सुरू गरिएको छ।

पालिका प्रमुख शम्भु सिंहको विशेष सक्रियतामा स्वास्थ्यकर्मीको टोली गाउँपालिकाको वडामै पुगेर गर्भवती महिलाहरूको निःशुल्क अल्ट्रासाउण्डसहित स्वास्थ्य परीक्षण सुरू गरेको हो।

Advertisement

‘ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम’ अन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरू गरिएको पालिका प्रमुख सिंहले बताए।

Advertisement

यस कार्यक्रमले घरमै बसेर गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच सुरू भएको र अब प्रादेशिक अस्पताल गौरसम्म वा त्यसैको लागि बाहिर धाउनुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ रहेको छ।

यसले पालिकाभित्रका गर्भवती महिलाका गर्भमा रहेको शिशु र आमा दुवैको स्वास्थ्य अवस्था जानकारी लिन सजिलो भएको  पालिका स्वास्थ्य संयोजक दिनेश महतोले बताएका छन्।

वडा नम्बर ५ बागमती पारीको गाउँ बडहर्वाबाट शनिबारदेखि सुरू भएको कार्यक्रममा आईतवारसम्म ४५ जना गर्भवती महिलाहरुले सेवा लिएको पालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *