Categories समाचार

मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त

Advertisement

राजविराज l सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति डाक्टर वैद्यनाथ महतो र रजिस्ट्रार भगवान ठाकुरलाई बर्खास्त गरिएको छ। विश्वविद्यालय सिनेटको मङ्गलवार राति बसेको बैठकले उपकुलपति र रजिस्ट्रारलाई हटाउने निर्णय गरेको हो।

तत्कालीन जसपा नेपालका नेतृत्वको सरकारले ०८१ मंसिर २१ मा विश्वविद्यालयको उपकुलपतिमा डाक्टर महतोलाई नियुक्त गरेका थियो। त्यसको केहि दिनपछि रजिस्ट्रारमा ठाकुर नियुक्त भएका थिए।

Advertisement

सिनेटको बैठकले विश्वविद्यालयको बजेट पारित गर्नुका साथै पहिलाको खर्चलाई अनुमोदन गर्ने निर्णय समेत गरेको छ। अब यो विश्वविद्यालयले ३३ करोड बजेट चलाउन पाइने स्रोतले जनाएको छ।

Advertisement

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतलाई बाइपास गरी विश्वविद्यालय भवनको शिलान्यास गरेको भन्दै दुवै पार्टीबीच चरम विवाद छ। दुई पार्टीको लडाइँले विश्वविद्यालय लथालिङ्ग बनेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *