Categories समाचार

प्रधानमन्त्रीकै निर्देशनमा योगीको फोटो राखियो : ज्ञानेन्द्र शाही

Advertisement

काठमाडौं l राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पूर्वराजाको स्वागत कार्यक्रममा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रयोग गरिएको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीको निर्देशनमा उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आदित्यनाथको तस्वीर राख्न लगाएको शाहीले दाबी गरेका हुन् ।

नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न यस्तो गरिएको शाहीको भनाइ छ । ुहिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको पाइएको छ, फेसबुकमा उनले लेखेका छन्, नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न यस्ता कुकर्म गर्न थालेछन् ।

Advertisement

मार्क्स, लेनिन र माओ कुन देशका हुन् ? भन्ने प्रश्न गर्दै उनले विदेशीको एजेन्डा र सिद्धान्तनमा पार्टी चलाउनेहरूको ठूलो कुरा गरेको देख्दा अचम्म लागेको बताएका छन् । आइतबार राप्रपालगायत राजावादी संघ-संगठनले गरेको पूर्वराजाको स्वागतमा र्‍यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिर पनि प्रदर्शन गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *