Categories समाज

वृद्ध आश्रमलाई निरन्तर सहयोग गर्दै उपकार सेवा नेपाल

Advertisement

वीरगन्ज । एक वृद्ध आश्रमलाई निरन्तर सहयोग गर्दै आएको उपकार सेवा नेपालले यस महिना पनि सहयोग पठाएको छ ।

उपकार सेवा नेपालले हरेक महिना झै यस महिना पनि ठोरी गाउँपालिका वार्ड न.१ भगवाननगर स्थित वृद्ध -वृद्धा आश्रममा आश्रीत २३ जना अपाङ्ग, सुस्त मनस्थिति , वृद्ध बृद्धा, आमा बुवा तथा बालबालिकाहरुको लागी खाद्यान्न सामाग्रीका साथै दैनिक रुपमा प्रयोग हुने सामाग्रीहरु सहयोग गरेको छ।

Advertisement

दाल, नुन, खानेतेल, चना, स्वाबिन, चामल पिठो ,भुजा, चउचउ, बिस्कुट सनेटरी पैड ,डाइफर, फिनाईल साबुन लगायतको दैनिक उपभोग्यका सामाग्रीहरु प्रबन्ध गरिएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी गराए ।

Advertisement

आश्रमको प्रङ्गणमा एक कार्यक्रम आयोजना गरि संस्थाकि अध्यक्ष विद्या कुमारी सरावगीले आश्रमका सदस्य राम बहादुर थिङ्गलाई सो सामाग्रीहरु हस्तान्तरण गरेकी हुन ।

सो सामानहरु आश्रमको लागि प्रत्येक महिना उपकार सेवा नेपाल संस्थाले प्रदान गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *