Categories समाचार

एसईईका लागि पर्सामा २९ वटा परीक्षा केन्द्र कायम

Advertisement

पर्सा । यस वर्षको माध्यमिक शिक्षा (एसईई) परीक्षाको लागि पर्सा जिल्लामा २९ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।

जिल्ला भरीमा १ सय ४५ वटा विद्यालयबाट ११ हजार ४ सय १३ जना परिक्षार्थीहरु परीक्षामा सामेल हुदैछन । एसईई परीक्षामा साधारण नियमिततर्फ १० हजार २ सय १३ छात्र/छात्रा तथा १ हजार २ सय जना छात्रा परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख हरि प्रसाद राउतले बताए ।

Advertisement

उनका अनुसार प्राविधिक र ग्रेड वृद्धितर्फ गरी कुल ११ हजार ४ सय १३ जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी हुन लागेका हुन् । माध्यमिक शिक्षा (एसईई) परीक्षाको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

Advertisement

हरेक परीक्षा केन्द्रमा ७ जना नेपाल प्रहरी र ७ जना सशस्त्र प्रहरीको दरले करिब ४ सय ६ जना सुरक्षाकर्मी परिचालन गर्ने तयारी थालिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले बताए । एसईई परीक्षाको लागि २९ जना केन्द्राध्यक्ष, ३० जना छात्रमा १ जना सहायक केन्द्राध्यक्ष परिचालन गरिने शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख राउतले बताए ।

यस वर्षको एसईई परीक्षामा यहाँका ७० वटा सामुदायिक विद्यालय, ७५ वटा संस्थागत विद्यालय गरी १ सय ४५ वटा विद्यालयको सहभागीता रहने भएको हो । एसईई परीक्षा चैत ७ गतेबाट हुन लागेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *