Categories समाचार

आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु

Advertisement

मोरङ l मोरङमा आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका–७ का अमित मियाँको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा घर भित्र रहेकी उनको ४ वर्षीया छोरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार हिजो (मंगलबार) दिउँसो साढे १२ बजे आगलागी हुँदा अमितकी ४ वर्षीया छोरी रेस्मा खातुनको जलेर मृत्यु भएको छ ।

Advertisement

स्थानियबासी र ५ वटा दमकलको सहयोगमा प्रहरीले पौने २ बजे आगो नियन्त्रण गरेको थियो। आगलागीबाट नजिकमा रहेका १३ घर परिवारको फुसको १६ वटा घर, भान्सा घर ३ र गोठ २ वटा जली नष्ट भएको थियो।

Advertisement

घटनाबारे जानकारी प्राप्त हुनासाथ मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया सहितको प्रहरी टोली घटनास्थल पुगेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *