वीरगंज । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानको उपलक्ष्यमा वीरगंज महानगरपालिकाले आज शुक्रबार इफ्तार आयोजना गरेको छ ।
आपसी भाईचारा अभिबृद्धि हेतु महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कमा शुक्रबार साँझ इफ्तार आयोजना गरेको हो ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्न मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा इफ्तार आयोजना गरिएको बताउनु भयो ।
इफ्तार कार्यक्रममा महानगरका उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वीरगंजका ३२ वटै वडाका मुस्लिम समुदायका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।







